दाङ, बाँके र बर्दियामा आज सार्वजनिक बिदा

आइतबार, भदौ ३१, २०८०

दाङ । थारू समुदायको अट्वारी पर्वका अवसरमा  लुम्बिनी प्रदेश सरकारले प्रदेश भित्रका ३ जिल्लामा आज सार्वजनिक बिदा दिएको छ ।

लुम्बिनी सरकारले  आजको अट्वारी पर्वमा  दाङ, बाँके र बर्दियामा सार्वजनिक बिदा दिएको हो ।

लुम्बिनी प्रदेशका यी ३ जिल्लामा थारू समुदायले अट्वारीलाई विशेष पर्वका रूपमा मनाउने हुँदा थारू बाहुल्य भएका दाङ, बाँके र बर्दियामा बिदा दिइएको  हो ।

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  ०८:२२
प्रतिक्रिया दिनुहोस्