ट्याङ्करको ठक्करबाट अनेरास्ववियुका दुई नेताको मृत्यु

शनिबार, भदौ ३०, २०८०
Neuro hospital Nepalgunj

सिन्धुपाल्चोक ।  ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा अनेरास्ववियुका  दुई जना नेताको मृत्यु भएको छ।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-९ घुमाउनेडाडाँमा ना८ख ३७६ नम्बरको ट्याङ्करले आज विपरीत दिशाबाट आउँदै गरेको बा.प्र-०२–०३१प ५९७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको  थियो।

ठक्करबाट गम्भीर घाइते भएका अनेरास्ववियु सिन्धुपाल्चोकका सहसंयोजक नवीन पाण्डे र जिल्ला सदस्य समीर तामाङको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

पाण्डे मेलम्ची नगरपालिका-११ र तामाङ पाँचपोखरी थाङ्पाल गाउँपालिका-१ बासखर्कका स्थाइ वासिन्दा हुन् । प्रहरीका अनुसार मोटरसाइकल तामाङले चलाउदा ट्याङ्करले ठक्कर दिएको हो।

उनीहरु अनेरास्ववियुको जिल्ला कमिटी सचिवालय बैठकका लागि बाह्रबिसेतर्फ तर्फ जाँदै गर्दा ट्याङ्करले ठक्कर दिएको हो प्रहरीले जानकारी दिएको छ।

 

 

 

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  २३:३६
प्रतिक्रिया दिनुहोस्