पूर्णबहादुर खड्काले पाए कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

शनिबार, भदौ ३०, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् ।

न्यूयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन आज अमेरिका गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रस्थान गरेसँगै उनी नफर्कुन्जेल खड्काले कार्यवाहकको रुपमा सम्हाल्नेछन् । 

प्रधानमन्त्री दाहाल न्यूयोर्कबाटै असोज ५ गते चीनको औपचारिक भ्रमणमा जाने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्रीको अनुपस्थितिमा उनले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधान तथा रक्षामन्त्री खड्काले सम्हाल्ने गरी जिम्मेवारी तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

 

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  १९:५०
प्रतिक्रिया दिनुहोस्