प्रधानमन्त्री प्रचण्ड आज अमेरिका जाँदै

शनिबार, भदौ ३०, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिका जाँदैछन् ।

संयुक्त राष्ट्र संघको ७८औँ महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्डसहितको टोली अमेरिका जान लागेका हुन्।

न्यूयोर्कमा आयोजित महासभालाई सम्बोधन गरेर प्रधानमन्त्री त्यतैबाट असोज ५ गते चीन जानेछन् । 

चीन भ्रमणमा प्रधानमन्त्री प्रचण्डले  ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात, कृषिलगायतका विषयमा दुईपक्षीय छलफल र केही विषयमा समझदारी हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

 

 

 

 

 

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  ०८:५७
प्रतिक्रिया दिनुहोस्