काठमाडौंको तीनकुनेमा ४ जनाको हत्या

शनिबार, भदौ ३०, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । काठमाडौँमा चार जनाको हत्या भएको छ। काठमाडौंको तीनकुनेस्थित गैरीगाउँमा मध्यरातमा  एकै परिवारका तीनसहित चार जनाको हत्या भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार हत्या हुनेमा दुई जना पुरुष र दुई महिला छन् । गैरीगाउँस्थित दिव्य सः मिलभित्र खुकुरी प्रहार गरी हत्या भएको अवस्थामा चार जनाको शव फेला परेको हो ।

मृत्यु हुनेमा दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती करिब ५० वर्षीया अम्बिका भुजेल र आमा सुमित्रा भुजेल हुन् । यस्तै मोरङका १९ वर्षका नवीन राईको मृत्यु हत्या भएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ । 

कुमार दिव्य सः मिलको सुरक्षा गार्ड रहेकोसमेत खुलेको छ । 

प्रहरीले घटनामा संलग्न भएको आशंकामा धनकुटाका दीपेन्द्र राईलाई नियन्त्रणमा लिएको जनाएको छ ।

घटनापछि भागेका उनलाई प्रहरीले पक्राउ गरेको हो ।घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  ०७:०४
प्रतिक्रिया दिनुहोस्