भारतमा आएको भीषण बाढी-पहिरोबाट २८ जनाले ज्यान गुमाए

सोमबार, असार २५, २०८०

नयाँ दिल्ली । भारतका विभिन्न राज्यहरुमा भारी वर्षाका कारण  दुई दर्जन बढीको मृत्यु भएको छ। राजधानी नयाँ दिल्ली लगायत देशका उत्तर पश्चिमी राज्यहरूमा भारी  वर्षाले त्यहाँको जनजीवन नै अस्तव्यस्त पारेको छ।

अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार भारी वर्षाले हिमाचल, हरियाणा, पञ्जाब, उत्तराखण्ड जम्मु-कश्मिरलगायतका अन्य ठाउँमा आएको भीषण बाढी र पहिरोले २ भारतीय सैनिकसहित  २८ जनाको ज्यान लिएको छ।  

यसपटकको जुलाईमा नयाँदिल्लीमै १९८२ पछिकै सबैभन्दा पानी पारेको छ भने शहरका सडक डुबानमा परेका छन्। भारी वर्षाका कारण दिल्ली र आसपासका क्षेत्रमा विद्यालय बन्द भएका छन् ।

त्यस्तै उत्तराखण्ड राज्यमा प्रहरीले पहाडी क्षेत्रमा यात्रा नगर्न अनुरोध गरेको छ। उत्तराखण्डका केही क्षेत्रमा जुलाई १३ सम्म भारी वर्षाको चेतावनी दिइएको छ।

भारी वर्षाका आएको बाढी र पहिरोले हजारौं यात्रुहरु अलपत्र परेका छन। अझै भारी वर्षा हुने भएकाले भारत सरकारले विभिन्न समाजिक सन्जाल, रेडियो,टेलिभिजन मार्फत सतर्क रहन सबैलाई आग्रह गरेको छ।

 

 

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  ११:५५
प्रतिक्रिया दिनुहोस्