सर्वोच्चका प्रस्तावित न्यायाधीश विनोद शर्माको नाम सर्वसम्मत अनुमोदन

शुक्रबार, भदौ २९, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशमा विनोद शर्मालाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ ।

संसदीय समितिको आज सिंहदरबारमा बसेको बैठकले शर्मालाई सर्वोच्च अदालतको न्यायाधीशका लागि सर्वसम्मत अनुमोदन गरेको हो । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि मात्र  राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

न्याय परिषद्ले दोस्रो पटक शर्माको नाम सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो। समितिले  १० दिनको म्याद दिएर उजुरी आह्वान गरेको थियो । तर उक्तविरुद्ध कुनै पनि उजुरी परेन ।

शर्माले समितिसमक्ष आफ्नो कार्यकालमा न्यायपालिकाप्रतिको निष्ठा र आस्थालाई कायम राख्दै काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १६:३४
प्रतिक्रिया दिनुहोस्