सामान्य प्रशासन मन्त्री अनिता देवीले गरिन सबै मन्त्रालयका प्रशासन महाशाखा प्रमुखसँग छलफल

शुक्रबार, भदौ २९, २०८०

काठमाडौं । सामान्य प्रशासन तथा संघीय मामिला मन्त्री अनिता देवी यादवले सबै मन्त्रालयका प्रशासन महाशाखा प्रमुखहरुलाई मन्त्रालयमा बोलाएर छलफल गरेकी छिन् ।

मन्त्री यादवले मन्त्रालयका प्रशासन क्षेत्र सुधारबारे छलफल गर्न  सबै मन्त्रालयका प्रशासन महाशाखा प्रमुखहरुलाई आज मन्त्रालयमा बोलाएकी हुन् ।

सामान्य प्रशासन मन्त्रालयमा मन्त्री यादवको  उपस्थितिमा अहिले छलफल चलिरहेको छ । मन्त्री यादवले प्रशासन महाशाखाका प्रमुखहरुसंगको छलफल पछि प्रशासन सुधारका लागि निर्देशन दिने कार्यक्रम छ ।

मन्त्री बनेको पहिलो पटक मन्त्री यादवले सबै मन्त्रालयका प्रशासन महाशाखा प्रमुखहरुसँग  छलफल गरिकी हुन्  । आजको छलफलमा सबै मन्त्रालयका महाशाखा प्रमुख , राष्ट्रिय सतर्कता केन्द्र लगायतको सहभागिता रहेको छ।

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १३:५६
प्रतिक्रिया दिनुहोस्