आफ्नो विदेश भ्रमण बारे प्रधानमन्त्रीले संसदमा जानकारी गराउँदै

शुक्रबार, भदौ २९, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । आफ्नो विदेश भ्रमण बारे आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा जानकारी गराउँदैछन् । 

प्रधानमन्त्री प्रचण्ड भोलि संयुक्त राष्ट्रसङ्घ (युएन) को ७८औँ महासभामा भाग लिन अमेरिका जान लागेका हुन् । प्रचण्ड १९ सेप्टेम्बरमा संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् । 

अमेरिकाबाटै चीन जाने प्रचण्डको तयारी छ ।  बैठक आज दिउँसो १ बजेबाट शुरु हुनेछ । 

आजको बैठकमा प्रधानमन्त्री ले आफ्नो निकट विदेश भ्रमणबारे प्रतिनिधि सभाना जानकारी गराउने कार्यसूची रहेको छ ।

यसअघि नै परराष्ट्रमन्त्री एनपी साउद प्रधानमन्त्रीको भ्रमणको स्वागतको तयारीका लागि अमेरिका पुगुसकेका छन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १०:०१
प्रतिक्रिया दिनुहोस्