राष्ट्रिय सभा बैठक स्थगित,भोलि ११ बजे बस्ने

सोमबार, असार २५, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । आज बिहान ११ बजे बस्ने भनिएको राष्ट्रिय सभा बैठक फेरि सरेको छ।

पटक-पटक  नेकपा एमाले अवरोध गर्दै आइरहेको राष्ट्रिय सभा  बैठक भोलि बिहान ११ बजे बस्ने भएको हो। 

आइतबार तीन दलका शिर्ष नेता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड , नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओली बसेर बैठक अवरोध नगर्ने बताइएपनि पुनः राष्ट्रिय सभा बैठक भोलीलाई सरेको हो। 

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  ११:१४
प्रतिक्रिया दिनुहोस्