आइतबार अट्वारीमा दाङ, बाँके र बर्दियामा सार्वजनिक बिदा

बिहीबार, भदौ २८, २०८०

दाङ ।  थारू समुदायको अट्वारी पर्वका अवसरमा   लुम्बिनी प्रदेश सरकारले प्रदेश भित्रका ३ जिल्लामा आइतबार सार्वजनिक बिदा दिएको छ।

लुम्बिनी सरकारले आज एक सूचना जारी गर्दै अट्वारीमा  दाङ, बाँके र बर्दियामा आगामी आइतबार सार्वजनिक बिदा दिएको हो।

लुम्बिनी प्रदेशका यी ३ जिल्लामा थारू समुदायले अट्वारीलाई विशेष पर्वका रूपमा मनाउने हुँदा थारू बाहुल्य भएका दाङ, बाँके र बर्दियामा बिदा दिएको हो।

 

 

 

 

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  १५:००
प्रतिक्रिया दिनुहोस्