डँडेलधुरामा अटो दुर्घटना हुँदा २ जनाको मृत्यु, १ जना घाइते

बिहीबार, भदौ २८, २०८०
Neuro hospital Nepalgunj

कैलाली । डँडेलधुरामा अटो रिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। भीमदत्त राजमार्ग अन्तरगत

आलिताल गाउँपालिका-१ मेलखर्कमा गए राति अटो रिक्सा दुर्घटना हुँदा डोटीको शिखर नगरपालिकाका पदम बलायर र केशव महराको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

कैलालीको अत्तरियाबाट डोटीतर्फ गइरहेको अटो रिक्सा गए राति करिब ९ बजे दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा अर्का एक जना घाइते भएका छन् । घाइते हुनेमा वीरबहादुर कुँवर रहेको प्रहरीले जनाएको छ। उनको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ। 

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  १०:१०
प्रतिक्रिया दिनुहोस्