लिबियामा आएको बाढीबाट ६ हजारको मृत्यु, १० हजार बढी बेपत्ता

बिहीबार, भदौ २८, २०८०

काठमाडौं । अफ्रिकी मुलुक लिबियामा अएको भिषण  बाढीबाट  ६हजार बढीको ज्यान गएको छ। 

लिबियामा डेनियल नामको आँधीका कारण आइतबार राति डेर्नामा सुनामी जस्तो बाढी आउँदा ६ हजार बढीको ज्यान गएको लिबियाली सरकारले जनाएको छ।
बाढीबाट १० हजार बढी बेपत्ता भएको अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनले जनाएको छ। बाढीबाट ३० हजार जना बढी बिस्थापित बनेका छन् ।

उक्त बाढीले करिब १ लाख जनसंख्या रहेको डेर्ना शहरको धेरै इलाकालाई बगाएर समुद्रमा पुर्‍याएको सीएनएनले  जनाएको छ।

त्यस क्षेत्रमा अझै उद्दार कार्य जारी रहेको छ।

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  ०९:५५
प्रतिक्रिया दिनुहोस्