सुवासचन्द्र नेम्वाङको आज अन्त्येष्टि गरिदैं, देशभर शोक बिदा

बिहीबार, भदौ २८, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । संविधानसभाका अध्यक्ष तथा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको आज अन्त्येष्टि गरिदै छ। 

नेम्वाङको लिम्बू र हिन्दु परम्परा अनुसार आज ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिन लागिएको हो।

गत २६ गते बिहान साढे १ बजे हृदयाघातबाट निधन भएका नेम्वाङको पार्थिव शरीरलाई च्यासलस्थित एमाले पार्टी कार्यालयबाट मंगलबारदेखि राखिएको थियो । बुधबार  दिउँसो पार्टी कार्यालयबाट नेम्वाङको पार्थीव शरीरलाई आफन्त, इष्टमित्र र परिवारका सदस्यबाट श्रद्धाञ्जली अर्पणका लागि निजी निवास लगिएको हो । 

नेम्वाङका दुवै छोरा विदेशमा रहेकाल आउन ढिलाइ हुँदा नेम्वाङको दाहसंसकार आजमात्र गर्न लागिएको हो । उनका कान्छा छोरा मंगलबार राति र जेठा छोरा बुधबार दिउँसो आइपुगेका थिए । 

आजको उनको अन्त्येष्टिमा सरकारले आज देशभर शोक बिदा दिएको छ।

 

 

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  ०८:३८
प्रतिक्रिया दिनुहोस्