असोज ४ गते बोलायो कांग्रेसले केन्द्रीय समिति बैठक

बुधबार, भदौ २७, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक सारेर आगामी असोज ४ गतेलाई मिति तोकेको छ।

गत साउन २ गते बसेको बैठक हरेक दुई महिनामा बस्ने गरी टुङ्गिएकामा असोज २ गतेको साइत तोकिएको थियो । 

तर कांग्रेस पार्टी मुख्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक असोज २ बाट सरेर ४ गतेलाई आह्वान गरिएको छ । 

बैठक पार्टी मुख्यालय वीपीनगर सानेपामा असोज ४ गते दिउँसो १ बजेका लागि बोलाइएको हो । 

कांग्रेसले प्रेस विज्ञप्ति जारी गर्दै  उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोधसमेत गरेको छ । 

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १७:२४
प्रतिक्रिया दिनुहोस्