काठमाडौंमा राप्रपाको विरोध प्रदर्शन

बुधबार, भदौ २७, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । देशको राष्ट्रिय जनावर गौहत्या गरिएको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाडौंमा हजारौं समर्थकका साथ विरोध प्रदर्शन गरेको छ । 

राप्रपाले आज  गौहत्याको विरोध गर्न, सामाजिक सद्भाव कायम गर्न, हिन्दू राष्ट्र र राजसंस्थाको पुनः स्थापना गर्न माग गर्दै विरोध प्रदर्शन गरेको हो।

त्यस्तै राप्रपाले आज दिउँसो विरोध प्रदर्शनका क्रममा सङ्घीयता खारेजी, भ्रष्टाचार नियन्त्रण, भ्रष्टाचार काण्डहरूको पूर्ण छानबिन, सुशासनको प्रत्याभूति, शिथिल अर्थतन्त्रमा सुधार र स्वदेशमा रोजगारी सिर्जना, मूल्यवृद्धि नियन्त्रण गरी जनतालाई राहत प्रदान गरिनुपर्ने लगायतका विषयमा सरकारविरुद्ध नारावाजी गरेको थियो।

विरोध प्रदर्शनमा राप्रपासहित विभिन्न धार्मिक संघ, सङ्गठनहरूको पनि सहभागीता रहेको थियो।

विरोध प्रदर्शन सिंहदरबार  र भृकुटीमण्डलाई केन्द्रविन्दु बनाएर राप्रपाले सरकारको विरोधमा जुलुससहितको प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा राप्रपाका नेता तथा हजारौं कर्याकर्ता र समर्थकहरुको सहभागिता थियो।

 

 

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १५:५८
प्रतिक्रिया दिनुहोस्