७७ वटै जिल्लामा सामुदायिक विद्यालय कर्मचारी संघको जिल्लामा समिति गठन [सूचीसहित]

बुधबार, भदौ २७, २०८०

काठमाडौं । नेपाली कांग्रेसनिकट नेपाल सामुदायिक विद्यालय कर्मचारी संघको देशभरका सबै जिल्लाहरुमा तदर्थ समिति गठन गरिएको छ।

संघका अध्यक्ष शशीकुमार केसीले अहिले सबै जिल्लामा तदर्थ समिति गठन गरिएको जानकारी दिए । 

उनका अनुसार केन्द्रले जिल्ला अध्यक्ष र सचिव तोकेको छ । सबै जिल्लामा तदर्थ समिति बनेकाले अब संघ शैशिक विषय र पेसागत हितमा केन्द्रित भएर अगाडि बढ्ने अध्यक्ष केसीले बताए । उनले सरकारले आज मात्र संसदा दर्ता गराएको शिक्षा विधेयकबारे प्रारम्भिक धारणा राख्दै सामुदिक विद्यालयमा रहेका शिक्षकबाहेक अन्य कर्मचारीलाई पनि यो ऐनले समेट्नुपर्ने बताए । 

सामुदायिक विद्यालयमा रहेका लेखापाल, प्रशासन कर्मचारी र सहयोगी यो संघका आवद्ध छन् । हरेक विद्यालयमा प्रशासन, लेखा र सहयोगी कर्मचारी रहे पनि उनीहरूको स्थायी दरबन्दी नहुँदा उनीहरूले पाउनुपर्ने सेवासुविधा नपाएको केसीले बताए । 

महासचिव रतन कार्कीले सामुदायिक विद्यालयका कर्मचारीहरूले पनि अन्य निजामती कर्मचारी सरह सेवासुविधा पाउनुपर्ने बताए । 

संघका अध्यक्ष केसी र महासचिव कार्कीले कांग्रस सभापति शेरबहादुर देउवा तथा महामन्त्री विश्वप्रकाश शर्मासँग भेटेर सामुदायिक कर्मचारीका समस्याबारे अवगत गराएका छन् ।

 

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १२:३८
प्रतिक्रिया दिनुहोस्