सुवास नेम्वाङको पार्थिव शरीरलाई पार्टी कार्यालयबाट बालुवाटार निवासमा लगिने

बुधबार, भदौ २७, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरलाई आज दिउँसो १ बजेसम्म पार्टी कार्यालय च्यासलमै राखिने भएको छ।

श्रद्धाञ्जलीपछि स्व. नेम्वाङको पार्थिव शरीरलाई एमाले पार्टी कार्यालयबाट बालुवाटारस्थित निवासमा राखिने भएको एमालेले जनाएको छ।

निवासमा नेम्वाङलाई उनका आफन्त , इष्टमित्र र परिवारका सदस्यबाट अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम  रहेको छ । 

नेम्वाङको अन्तिम संस्कार गर्नका लागि उनका कान्छा छोरा सुहाङ नेम्वाङ अस्ट्रेलियाबाट फर्किसकेका छन्। । उनी कामको सिलसिलामा १५ दिन अगाडि मात्रै अस्ट्रेलिया गएका थिए । एक महिनाका लागि अस्ट्रेलिया पुगेका उनी काम अधुरै छाडेर फर्किएका हुन् । 

नेम्वाङका जेठा छोरा भने बेलायतबाट आज फर्किँदै छन् । जेठा छोरा आइसकेपछि नेम्वाङको अन्त्येष्टि बिहीबार राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा गरिने भएको छ । 

नेम्वाङको भोलि बिहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने छ । भोलि नेम्वाङको अन्त्येष्टिमा सरकारले सार्वजनिक बिदा दिएको छ।

नेम्वाङको सोमबार राति साढे १ बजे हृदयघातबाट मृत्यु भएको थियो।

 

 

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  ११:३३
प्रतिक्रिया दिनुहोस्