श्रोत नखुलेको रकमसँगै एक भारतीय नेपालगन्ज भन्सारबाट पक्राउ

बुधबार, भदौ २७, २०८०

नेपालगन्ज । नेपालगन्जको सीमा नाकाबाट श्रोत नखुलेको अवैध ३ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ परेका छन् ।

भारतको रुपइडिहाबाट यूपी ३२ एल.एच. ३७०४ नम्बरको मोटरसाईलमा नेपालगन्ज आउँदै गरेका ३० वर्षिय ईस्तियाक अहमदसँग चेक जाँचका क्रममा ३ लाख रुपैयाँ भेटिएपछि उनले श्रोत खुलाउन नस्क्दा सशस्त्र प्रहरी जमुनाह बिओपी उनलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीले नेपालगन्ज-१५ बाट मंगलबार ३ लाख रुपैयाँसँगै नियन्त्रणमा लिइएका अहमदलाई  आवश्यक कारवाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बाँकेमा बुझाइएको जनाएको छ।

भन्सार बुझाइएको मोटरसाईकलको मूल्य २ लाख रुपैयाँ दाखिला गरेको सशस्त्र प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  ०७:१५
प्रतिक्रिया दिनुहोस्