त्रिभुवन विमानस्थलबाट फेरि सुन तस्करी, १ किलो सुन बरामद

मंगलबार, भदौ २६, २०८०

काठमाडौं । ६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणको अनुसन्धान नसकिदै फेरि  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट ठुलो परिमाणमा सुन बरामद भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंको ब्युरो टोलीले विमानस्थल बाहिरबाट आज १ एक किलो अवैध  सुन बरामद गरेको हो। 

परिसरका अनुसार विदेशबाट आएको उक्त १ किलो सुन विदेशबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको हो ।

प्रहरीले १ किलो सुन तस्करी बारेमा थप अनुसन्धान गरिरहेको काठमाडौं  प्रहरी परिसरले  जनाएको छ ।

 

 

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १३:४५
प्रतिक्रिया दिनुहोस्