सुवास नेम्वाङको पार्थिव शरीर एमाले मुख्यालय च्यासलमा

मंगलबार, भदौ २६, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष ,संविधान सभा अध्यक्ष तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरलाई एमाले पार्टी कार्यालय च्यासल लगिएको छ  ।

गए राति १ बजे हृदयघातबाट निधन भएका नेम्वाङको शिक्षण अस्पतालमा रहेको पार्थिव शरीरलाई आज एमाले पार्टी कार्यालय  च्यासलमा राखिने भएको छ । राजकीय सम्मानसहित उनको शव च्यासल लगिएको हो । 

नेम्वाङका दुई छोरामध्ये कान्छा छोरा अष्ट्रेलियाबाट आजै मध्यरातिपछि र अर्का छोरा बेलायतबाट जेठा छोरा भोलि साँझसम्म नेपाल आइपुगेपछि राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ ।  

नेम्वाङको अन्तिम संस्कार मुन्धुम संस्कृतिअनुसार पूजाआजा गरेर गरिने छ । नेम्वाङको अन्त्येष्टिका दिन शोक मनाउन सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १३:३१
प्रतिक्रिया दिनुहोस्