सुवासचन्द्र नेम्वाङको निधनले मर्माहत भएको छु: राष्ट्रपति

मंगलबार, भदौ २६, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत बन्दै स्तब्ध भएको राष्ट्रपति रामचन्द्र पौडेलले बताएका छन् ।

पूर्व सभामुखसमेत रहेका नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र अत्यन्त दुखी भएको राष्ट्रपति पौडेलले बताएका छन् ।

नेता नेम्वाङको गए राति १ बजे हृदयघातका कारण निधन भएको थियो ।

विसं २००९ फागुन २८ गते जन्मिएका नेम्वाङ नेपाली राजनीतिमा प्रखर, शालीन र सबैलाई मिलाएर जान सक्ने नेताको रूपमा छवी बनाएका थिए । 

 

 

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  ०७:२४
प्रतिक्रिया दिनुहोस्