एन्फा अध्यक्ष नेम्वाङको राजिनामा माग्दै निवेदन दर्ता

सोमबार, भदौ २५, २०८०

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का  अध्यक्ष पंकजविक्रम नेम्वाङलाई बर्खास्त गर्न माग गर्दै ४५ जना सदस्यहरुले निवेदन दर्ता गराएका छन । 

एन्फाका पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वमा एन्फाका ४५ सदस्यले अध्यक्ष नेम्वाङलाई बर्खास्त गर्न माग गर्दै निवेदन दर्ता गराएका हुन् । 

एन्फा अध्यक्ष नेम्वाङबाट फुटबल क्षेत्रको विकास हुन नसक्ने भन्दै बर्खास्तगीको लागि विशेष साधारण सभाको माग गरिएको छ । 

यसैबीच नेम्वाङले बोलाएको आजको एन्फा विशेष साधारण सभा बैठक (भुर्चअल) स्थगित भएको छ । 

नेम्वाङले एन्फा नेतृत्व सम्हालेको एक वर्षमै संस्थापन इतर पक्षले राजीनामा मागेको हो । उनी आएपछि फुटबलको अवस्था झनै बिग्रदै गएको आरोप छ।

 

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १६:३७
प्रतिक्रिया दिनुहोस्