धरौटी बुझाउन नसकेपछि ललिता निवास प्रकरणका एक प्रतिवादी जेल चलान

सोमबार, भदौ २५, २०८०

काठमाडौं । काठमाडौं जिल्ला अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका १७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएपनि एक जना केन्द्रीय कारागार चलान भएका छन् ।

अदालतले धरौटीमा रिहा गर्न आदेश दिएपनि नापी कार्यालय मैतिदेवी काठमाडौंका तत्कालीन अमिन अरूणकमार श्रेष्ठले ७ लाख ५० रुपैयाँ धरौटी नबुझाउन सकेपछि कारागार चलान भएका हुन् ।

धरौटी रकम बुझाउन नसक्दा श्रेष्ठ कारागार चलान भएको कारागारका जेलर ललितकुमार बस्नेतले जानकारी दिएका छन् । यदि श्रेष्ठले धरौटी बापतको रकम बुझाए भने छुट्ने जेलर बस्नेतले भने। 

श्रेष्ठले धरौटी रकम बुझाउन नसकेको अवस्थामा भने  फैसला नहुञ्जेलसम्म  कारागारमै बस्नु पर्ने जेलर बस्नेतले जानकारी दिएका छन् ।

ललिता निवास जग्गा प्रकरणमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासले हिजो पक्राउ परेका १७ जनालाई धरौटीमा रिहा र एक जनालाई साधारण तारेख रिहा गर्न आदेश दिएको थियो। 

 

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १४:३२
प्रतिक्रिया दिनुहोस्