प्रधानमन्त्रीले किन बोलाए श्रम गन्तव्य राष्ट्रका राजदूत र कुटनीतिक नियोग प्रमुखलाई काठमाडौंमा?

सोमबार, भदौ २५, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । विभिन्न श्रम गन्तव्य राष्ट्रका राजदूत र कुटनीतिक नियोग प्रमुखलाई काठमाडौंमा छलफलका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  बोलाएका छन्।

प्रधानमन्त्री प्रचण्डले श्रम गन्तव्यलाई सुरक्षित बनाउन र मानव तस्करीलाई रोक्ने उद्देश्यले बैठक आयोजना गर्दै राजदूत र नियोग प्रमुखलाई काठमाडौं बोलाएका हुन् ।

राजदुत र नियोग प्रमुखहरुसँग प्रधानमन्त्री प्रचण्डले सिंहदरबारमा आज बिहान ९ बजे छलफल गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

आज र भोलि दुई दिनसम्म चल्ने बैठकमा विभिन्न माध्यम र रूपमा भइरहेको मानव तस्करीलाई कसरी रोक्ने र श्रम गन्तव्यलाई कसरी सुरक्षित बनाउने भन्नेमा छलफल केन्द्रित हुने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ 

वैदेशिक श्रम स्वीकृति देखी कार्यस्थलसम्म नेपाली श्रमिकले भोगेका समस्या र त्यसको समाधानको उपाय निकाल्ने र निष्कर्षलाई निर्णयमा बदल्ने काम बैठकले गर्नेछ।

बैठकमा विभिन्न माध्यम र रूपमा भइरहेको मानव तस्करीलाई कसरी रोक्ने र श्रम गन्तव्यलाई कसरी सुरक्षित बनाउने भन्नेमा छलफल हुने बताइएको छ।  छलफलमा केही मन्त्री र सम्बन्धित मन्त्रालयका उच्च पदका कर्मचारीहरु  उपस्थित हुने बताइएको छ।

 

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  ०८:५०
प्रतिक्रिया दिनुहोस्