एसिया कप: वर्षाले रोकिएको पाकिस्तान र भारतबीचको खेल आज हुँदै

सोमबार, भदौ २५, २०८०

काठमाडौं । वर्षाले रोकिएको एसिया कप अन्तर्गतको सुपर फोरको भारत र पाकिस्तानबीचको खेल पुनः आज हुँदैछ।

वर्षाले खेल रोकिएपछि खेललाई आज  रिजर्भ डे का लागि सारिएको हो। आइतबार श्रीलंकाको कोलम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले वर्षा हुनु अगाडि  २४.१ ओभरमा २ विकेटको क्षतिमा १४७ रन जोड्दा खेल रोकिएको थियो । 

खेल रोकिनु अघि भारतका केएल राहुल १७ रन र विराट कोहली ८ रन बनाएर क्रीजमै रहेका छन्। 

भारतका ओपनरहरु कप्तान रोहित शर्माले ५६ रन र शुभमन गिल ५८ रन बनाएर आउट भएका थिए।

 

 

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  ०८:०२
प्रतिक्रिया दिनुहोस्