स्तरीय स्वास्थ्य सेवा दिन मुख्यमन्त्री पाण्डेको निर्देशन

सोमबार, असार २५, २०८०
Neuro hospital Nepalgunj

पोखरा ।  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलेनागरिकलाई अहिलेको भन्दा विस्तारित र स्तरीय स्वास्थ्य सेवा प्रदान गर्न निर्देशन दिएका छन् ।

पोखरास्थित सङ्क्रामक तथा सरुवा रोग अस्पतालको निरीक्षण गर्दै मुख्यमन्त्री पाण्डेले सो कुरा बताएका हुन्। 

प्रदेश सरकारद्वारा सञ्चालित उक्त अस्पतालमा आउने बिरामीलाई सहज र सहुलियतमा सुविधा दिनुपर्नेमा मुख्यमन्त्री पाण्डेले अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् ।

उनले अस्पतालको पूर्वाधार र जनशक्ति व्यवस्थापनमा प्रदेश सरकारले लगानी गर्दै जाने बताए ।

मुख्यमन्त्री पाण्डेले बिरामीको सहजताका लागि अस्पतालमा ‘लिफ्ट’ सुविधा राख्न सुझाव दिए । उनले अस्पतालमा रहेका बिरामीको अवस्था, उपचार सेवा, जनशक्ति, उपकरणको उपलब्धता, भौगोलिक संरचना लगायतका बारेमा जानकारी लिएका थिए ।

प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव विनोदविन्दु शर्मा, अस्पतालका चिकित्सक विकास गौचन लगायतले अस्पतालको अवस्थाका बारेमा मुख्यमन्त्री पाण्डेलाई जानकारी गराएका थिए।

उक्त अस्पतालले छिट्टै डायलासिस सेवा पनि सुरु गर्ने तयारी गरिरहेको छ । अस्पतालको भवन पनि निर्माणाधीन अवस्थामा छ । 

 

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  ०८:२४
प्रतिक्रिया दिनुहोस्