एसिया कपको सुपर फोरमा पाकिस्तान र भारत भिड्दै

आइतबार, भदौ २४, २०८०

काठमाडौं । आज भारत र पाकिस्तान एसिया कपको सुपर फोरमा भिड्दै छन् ।

आज दिउँसो सवा ३ बजे नेपाली समय अनुसार भारत र पाकिस्तानको श्रीलंकाको आर प्रेमदासा स्टेडियममा सुपर फोरको खेल हुनेछ।

पाकिस्तानले दोस्रो सुपर फोर खेल भारतसंग आज खेल्दैछ। यसअघि पाकिस्तानले सुपर फोरको पहिलो खेलमा बुधबार बंगलादेशलाई ७ विकेटले पराजित गरिसकेको छ।

सुपर फोरबाट शीर्ष स्थानमा पुग्ने २ टिमले उपाधिका लागि भिड्नेछ्न्। आजको खेल पूरा ओभर खेलाउनका लागि ‘रिजर्भ डे’ राखिएको छ। यसअघि समूह ए अन्तर्गत समूह चरणको खेलमा भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द हुँदा १/१ अंक बाँडेका थिए ।

सुपार फोरको खेल अन्तर्गत पाकिस्तान र श्रीलंकाको समान २/२ अंक छ।

 

 

 

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  ०७:५८
प्रतिक्रिया दिनुहोस्