देशमा विभिन्न नाममा द्वन्द्व फैल्याउने खतराहरू देखिएको गृहमन्त्रीको दाबी

आइतबार, भदौ २४, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । देशमा विभिन्न नाममा द्वन्द्व फैल्याउने खतराहरू देखिएको उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले दाबी गरेका छन् ।

गृहमन्त्री श्रेष्ठले देशको सद्भाव र सहिष्णुताको मौलिक विशेषतामा आक्रमण भइरहेको समेत दाबी गरेका छन्। राजधानीमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठलेले विभिन्न नाममा द्वन्द्व फैल्याउने खतराहरू देखिएको बताएका हुन् । 

श्रेष्ठले विविधताको बीच एकता, सद्भाव र सहिष्णुताको हाम्रो मौलिक परम्परावर र संस्कृतिमाथि आक्रमण गर्ने कुनै खेल नेपालमा फस्टाउन, बढ्न दिनु नहुने बताए । 

आफ्नो पहिचान, अधिकार र विकासको निम्ति सचेत हुनुपर्ने बताए । प्राप्त भएको उपलब्धिको रक्षा गर्दै थप अधिकारको निम्ति अघि बढ्नुपर्ने गृहमन्त्री श्रेष्ठले  बताएका छन् ।

साथै गृहमन्त्री श्रेष्ठले विभिन्न अनुसन्धानमा मुछिएकाहरुलाई छानबिनको दायरामा ल्याने समेत बताए ।

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  ०७:२२
प्रतिक्रिया दिनुहोस्