यी प्रदेशमा भारी वर्षा

आइतबार, भदौ २४, २०८०

काठमाडौं । जल  तथा  मौसम  विज्ञान  विभाग तथा पुर्वअनुमान महाशाखाले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बदली भई केही स्थानहरूमा हल्का वर्षा भइरहेको जनाएको छ । 

महाशाखाले  सुदूरपश्चिममा सामान्यतया बदली र बाँकी प्रदेशहरूमा आज आंशिक देखि सामान्य बदली रहनेछ।

बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज सुदूरपश्चिम प्रदेशको एक-दुई-स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।  राति पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई-स्थानमा भारी वर्षा हुने जनाइएको छ।

वर्षाबाट आउन सक्ने बाढी र पहिरोबाट सतर्कता अपनाउन सम्बन्धित सबैलाई महाशाखाले अनुरोध गरेको छ।

 

 

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  ०६:५३
प्रतिक्रिया दिनुहोस्