आज हेटौंडामा समाजवादी मोर्चाले सन्देश सभा गर्दै

आइतबार, भदौ २४, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । आज समाजवादी मोर्चाको सन्देश सभा आयोजना हुँदैछ।

समाजवादी मोर्चाको ७ वटै प्रदेशमा सन्देश सभा कार्यक्रम अन्तर्गत आज हेटौँडामा सन्देश सभा आयोजना हुन लागेको हो।

हेटौँडा–४ स्थित रोयल पार्टी प्यालेसमा आज दिउँसो २ बजेदेखि आयोजना हुन लागेको सन्देश सभा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री  पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा हुने मोर्चाले एक नेताले बताए  ।

मोर्चाको सन्देश सभामा अध्यक्ष प्रचण्डसहित नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपाका अध्यक्ष नेत्रविक्रम चन्द ‘विप्लव’, सम्बोधन गर्ने भएका छन् ।

 

 

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  ०६:४२
प्रतिक्रिया दिनुहोस्