मोरक्को भूकम्पबाट हालसम्म २ हजार बढीको मृत्यु

आइतबार, भदौ २४, २०८०

काठमाडौं । मोरक्कोमा गएको ६.८ रेक्टर स्केलको शक्तिशाली भूकम्पबाट हालसम्म ज्यान गुमाउनेको संख्या २ हजार नाघेको  छ।  भूकम्पका घाइतेहरुको १४ सय बढी नाघेका छन्।

मोरक्कोस्थित हाइ एटलस माउन्टेनलाई केन्द्र विन्दू बनाएर गएको शनिबार एकाबिहानै  गएको ६.८ रेक्टर स्केल शक्तिशाली भूकम्पबाट ज्यान गुमाउनेको संख्या २०१२  र घाइते हुनेको संख्या १४०४ रहेको त्यहाँको गृहमन्त्रालयले जनाएको छ। 

अहिले पनि भग्नावशेषबाट मृतकको शवहरु सुरक्षाकर्मी तथा उद्दार टोलीले निकालिरहेका छन्  भने जिवित रहेको मानिसलाई निकाल्दै उद्दार कार्य भइरहेको छ । मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको बताइएको छ।

त्यहाँका मानिसहरु घर बाहिर आएर बसिरहेका छन् । उद्दार कार्यमा हजारौं सुरक्षाकर्मी खटिएका छन् ।

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  ०५:२५
प्रतिक्रिया दिनुहोस्