पुष्कर र ज्योतिको 'मिठो बोलिमा' सार्वजनिक

शनिबार, भदौ २३, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । गायक तथा संगीतकार पुस्कार सुनुवार र ज्योति सुनुवारको आवाजमा रहेको “मिठो बोलिमा” नामक गीत सार्वजनिक भएको छ ।

तीज नजिकी रहेको बेला फरक शैलिमा तैयार पारिएको गीत पुस्कर सुनुवारको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक भएको हो ।

किरण के उप्रेतिको शव्द रहेको गीतको गायक सुनुवारले संगीत तथा एरेन्ज गरेका छन् ।

मेलोडी नेपाल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीत बिप्लब अधिकारीले मिक्सरमास्टरिङ्ग गरेका हुन् । केशव बिश्वाकर्माले छायांङ्कन गरेको भिडियोको सम्पादन मोहन सुनुवारको रहेको छ ।

गीत मिठो बनेको र नेपाली साँगितिक बजारमा एक पटक यसको निकै चर्चा हुने पनि गायक सुनुवारको बिश्वास रहेको छ ।

गायक सुनुवारले गीत एक पटक हेरेर प्रतिकृया दिन पनि सवै श्रोता दर्शकसंग अनुरोध गरेका छन्।

https://m.youtube.com/watch?v=mV0nk2WdJvQ&embeds_referring_euri=https%3A%2F%2Fnewssamaya.com%2F&source_ve_path=Mjg2NjY&feature=emb_logo

 

प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  २२:४२
प्रतिक्रिया दिनुहोस्