सरकारले निजी बिद्यालयलाई उचित मुल्याङ्कन नगरेको आरोप

शनिबार, भदौ २३, २०८०

बाँके । सामुदायिक जस्तै निजि बिद्यालयहरु पनि गुणस्तरीय शिक्षाका लागि अब्बल रहेको एक कार्यक्रमका सहभागिहरुले बताएका छन्  ।

राष्ट्रिय निजी तथा आवाशिय विद्यालय एशोसिएशन नेपाल बाँके जिल्ला समितिको शनिबार आयोजित ९ औ जिल्ला अधिवेशनको उदघाट्न समारोहमा बोल्ने सहभागीहरुले निजी बिद्यालयहरु शैक्षिक गुणस्तरमा स्तर बृद्धि गर्दे अगाडि बढेको बताएका हुन । 

तर राज्यले सरकारी बिद्यालयलाई काखाँ र निजि बिद्यालयलाई पाखाँ गर्न नहुने उनीहरुको धारणा छ । नेशनल प्याब्सन बाँकेका अध्यक्ष श्याम कुवरको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै राष्ट्रिय निजी तथा आवाशिय विद्यालय एशोशिएसन नेपालका राष्ट्रिय अध्यक्ष पाण्डव हमालले सरकारको निजि विद्यालयप्रतिको व्यवहार नितान्त बिभेदकारी भएको आरोप लगाए।

उनले  गुणात्मक शिक्षाको लागि ठूलो धनराशी बाहिरिएको बताउँदै फेरी पनि सरकारले त्यस्तै खालको शिक्षा नीति ल्याउन खोजेको आरोप लगाएका छन् । सो अवसरमा केन्द्रीय उपाध्यक्ष सुबोधकुमार डाँगीले राज्यले आफ्नो सम्पत्तिमाथि आँखा लगाएको आरोप लगाए । 

कार्यक्रममा एनप्याब्सन बाँकेका उपाध्यक्ष चिरन चन्दले सहजिकरण गरेको कार्यक्रममा प्याब्सन बाँकेका यामबहादुर रावत, नेपाल राष्ट्रिय शिक्षक संगठन बाँकेका रेखा धिताल, शिक्षक महासंघ बाँकेका पवन यादवलगायतले आ–आफ्नो धारणा राखेका थिए । 

उद्घाटन सत्र पछि बन्द शत्रले नयाँ कार्यकालको लागि नयाँ कार्य समिति चयन गर्ने छ ।कार्यक्रमलाई समापन गर्दे जिल्ला अध्यक्ष श्याम कुवरले गुणस्तरीय शिक्षाका लागि आफूहरुले थालेको प्रयासलाई आगामी दिनमा पनि ससक्त बनाउनुपर्ने बताए ।

प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  २२:०६
प्रतिक्रिया दिनुहोस्