मोरक्कोमा गएको भूकम्पबाट हालसम्म १०३७ जनाको मृत्यु

शनिबार, भदौ २३, २०८०

काठमाडौं । मोरक्कोमा गएको ६.८ रेक्टर स्केलको शक्तिशाली भूकम्पबाट हालसाम ज्यान गुमाउनेको संख्या १०३७   पुगेको छ।  भूकम्पबाट घाइते १२ सय बढी घाइते भएका छन् ।

मोरक्को स्थित हाइ एटलस माउन्टेनलाई केन्द्र विन्दू बनाएर गएको शनिबार एकाबिहानै  गएको ६.८ रेक्टर स्केल शक्तिशाली भूकम्पबाट ज्यान गुमाउने र घाइते हुने आधाभन्दा बढी अल–हौज र ताराउदान्ट प्रान्तका रहेको त्यहाँको गृहमन्त्रालयले जनाएको छ। 

भग्नावशेषबाट मानिसलाई निकाल्दै उद्दार कार्य भइरहेको छ । मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको बताइएको छ।

भूकम्पको  पराकम्पन  निरन्तर आएकाले मानिसहरु घर बाहिर आएर बसिरहेका छन् । उद्दार कार्यमा हजारौं सुरक्षाकर्मी खटिएका छन् ।

 

 

प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  १९:३०
प्रतिक्रिया दिनुहोस्