धरानका मेयर साम्पाङलाई प्रश्न गर्ने एक युवक प्रहरी हिरासतमा

शनिबार, भदौ २३, २०८०

धरान । धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङलाई प्रश्न गरेकै कारण एक युवक प्रहरी हिरासतमा पुगेका छन् । 

एक सार्वजनिक कार्यक्रममा मेयर साम्पाङलाई धरान उपमहानगरपालिका- १५ का अशोक लिम्बूले प्रश्न गरेकै आधारमा मेयर राईले उनलाई प्रहरी हिरासतमा पुर्याएका छन् ।

मेयर साम्पाङलाई दुर्व्यवहार गरेको सूचना आएपछि ती युवक लिम्बूलाई नियन्त्रणमा लिएपनि मुद्दा चलाउनुपर्ने कारण नदेखीएकाले उनलाई छाडिएको सुनसरीका एसपी विपिन रेग्मीले जानकारी दिएका छन् । लिम्बुलाई प्रहरीले एक रात हिरासतमा राखेर शनिबार छोडेको हो।

शुक्रवारको लागू औषधविरुद्ध सचेतना अभियान सञ्चालनका लागि शुक्रबार अपराह्न  धरान-१५ पुगेका मेयर साम्पाङले स्थानीय वासिन्दालाई सरसफाइमा ध्यान दिन आग्रह गर्ने क्रममा ती युवक लिम्बुले उपमहानगरपालिकाले सडकमा पानी बगिरहँदा पनि नियन्त्रण नगरेको र त्यसले स्थानीय एक बिरामी परिवार समस्यामा परेको बताएका थिए ।

लिम्बुले मेयर साम्पाङलाई सरी भन्दै 'तपाईंहरुले पानी त हेर्न सक्नुभएको छैन दाइ, बाटोमा पानी बगिरहेको छ,' भन्ने प्रश्न गरेपछि  मेयर साम्पाङले उनलाई चुप लाग, तिमी विरोध गर्न आएको हो भन्दै हप्काएका थिए । त्यसपछि युवक लिम्बूले बोल्न पाइँदैन भन्दै प्रतिवाद गरेका थिए ।

मेयर साम्पाङले तत्काल प्रहरीलाई खबर गर्दै ती युवकलाई पक्राउ गर्न लगाएर बदमासलाई प्रहरीको जिम्मा लगाएको भन्दै फेसबुकमा लेखेका थिए। 

 

 

प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  १८:५१
प्रतिक्रिया दिनुहोस्