सुन तस्करी प्रकरणमा भन्सार अधिकृतसहित थप ३ कर्मचारी पक्राउ, पक्राउ पर्ने ३० पुगे

शनिबार, भदौ २३, २०८०

सौरभ गिरी/काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको ६० किलो ७१६ ग्राम सुन बरामद प्रकरणमा थप ३ जना कर्मचारी पक्राउ परेका छन् 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उक्त तस्करी प्रकरणमा  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार अधिकृत पुष्पा जोशी, नायब सुब्बाहरु वीरेन्द्र नेपाली र कमल परियारलाई पक्राउ गरेको जनाएको छ। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएर बाहिरिएको उक्त ६० किलो सात सय १६ ग्राम सुनलाई गत साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले  सिनामंगलबाट बरामद गरेको थियो ।

हालसम्म उक्त सुन तस्करी  प्रकरणमा पक्राउ पर्ने  ३० जना पुगेको सीआईबीले जनाएको छ ।

को-को पक्राउ परे?

नेपाली नागरिक

राम कुमार भुजेल

दिलीप भुजेल

हर्कराज राई

राजेन्द्र राई

अशोक लामा

राजन श्रेष्ठ

पुष्करराज भट्ट

कृष्ण श्रेष्ठ

यादव पराजुली

सुदर्शन गौतम

सन्तोष चन्द

कुमार ढकाल

सरोज श्रेष्ठ

सुरेन्द्र तामाङ

गणेश पौडेल

किशोर बस्नेत

सुमन खरेल

शिव कुमार सराफ

पुष्पा जोशी

वीरेन्द्र नेपाली

कमल परियार

विदेशी नागरिक 

जीक्वाङ लिन

थाप्तेन छिरिङ

दावा छिरिङ

टीयान मि

वेन तोङ

डीङ सेग्फा

ली–नेङकाई

याओ पुचेङ्ग

ली वेन सुङ्ग

 

 

 

 

प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  १६:०७
प्रतिक्रिया दिनुहोस्