मोरक्कोमा ६.८ रेक्टरको भूकम्प, २९६ जनाको मृत्यु

शनिबार, भदौ २३, २०८०

काठमाडौं । मोरक्कोमा गएको शक्तिशाली भूकम्पबाट २९६ जनाको मृत्यु भएको छ। 

आज बिहानै   मोरक्को स्थित हाइ एटलस माउन्टेनलाई  केन्द्र विन्दू बनाएर गएको ६  दशमलव ८ रेक्टर स्केल शक्तिशाली भूकम्पबाट  अहिलेसम्म  २९६ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार माध्यमले  जनाएका छन्  भने भूकम्पमा   १५३ जना बढी  गम्भीर घाइते भएका छन् ।

भग्नावशेषबाट मानिसलाई निकाल्न उद्दार कार्य भइरहेको छ । मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको बताइएको छ।

भूकम्पको  पराकम्पन  निरन्तर आएकाले मानिसहरु घर बाहिर आएर बसिरहेका छन् । उद्दार कार्यमा हजारौं सुरक्षाकर्मी खटिएका छन् ।

प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  ०९:०७
प्रतिक्रिया दिनुहोस्