बाँकेको शम्शेरगन्जमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, ३३ घाइते

शनिबार, भदौ २३, २०८०
Neuro hospital Nepalgunj

नेपालगन्ज । बाँकेमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। 

जिल्लाको राप्तीसोनारी गाउँपालिका-८ शम्शेरगन्जमा  बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको इलाका प्रहरी कोहलपुरले   जनाएको छ। दुर्घटनामा ३३ घाइते भएको प्रहरीले जानकारी दिएको छ।

हालसम्म दुर्घटनामा मृत्यु हुनेमा ३ जना महिला र ४ पुरुष रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मृत्यु हुनेमा बर्दियाको ठाकुरबाबा ननगरपालिका-९  का कस्तुरी थापा, काँशीराम थारू, रूपा परियार, जयन्त थारू, चानुराम चौधरी, गोविन्द ठकुरी रहेका छन्  भने  एक जना मृतकको पहिचान हुन नसकेको कोहलपुर प्रहरीले जानकारी दिएको छ।

दुर्घटनाका घाइतेहरूको ३३ जनाको नेपालगन्ज मेडिकल कलेज कलेज कोहलपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ। अस्पतालमा उपचाररत केही घाइतेहरुको अवस्था गम्भीर रहेको बताइएको छ।

बर्दिया ठाकुरबाबा नगरपालिका-९ बेतहनीबाट सामुदायिक वन समुहको टोली दाङ भ्रमणबाट बर्दिया  फर्किदै गर्दा ४१ जना यात्रु सवार ना ७ ख २३२१  बस र शम्शेरगन्जमा रोकिराखेको  ना ८ ख ६४०५ नम्बरको  ट्रकसँग ठोक्किँएर  गए राती दुर्घटना भएको हो।

उक्त दुर्घटनामा घटनास्थलमै ५ जनाको मृत्यु भएको थियो भने २ को उपचारका क्रममा मृत्युु भएको हो।

 

 

 

प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  ०७:३१
प्रतिक्रिया दिनुहोस्