शीतल गिरीले पाए रौतहट प्रतिभा पुरस्कार

सोमबार, असार २५, २०८०

रौतहट । अन्वेषक तथा लेखक शीतल गिरी (गौर) ले  ‘शब्दयात्रा डा. शालिग्राम शर्मा रौतहट प्रतिभा पुरस्कार’ पाउने भएका छन् । शब्दयात्रा प्रकाशनले २०८० सालको उक्त पुरस्कार गिरीलाई दिने भएको हो। 

लामो समयदेखि ऐतिहासिक तथ्यहरूको खोज र विभिन्न विधाका साहित्यिक तथा अनुसन्धानमूलक कृतिहरूको लेखन–प्रकाशन गर्नुका साथै रौतहटेली साहित्यिक गतिविधिमा अभिभावकीय र प्रेरणादायी भूमिका निर्वाह गरेको भन्दै उनलाई पुरस्कृत गर्न लागिएको शब्दयात्राले जनाएको छ । 

पुरस्कारमा २५ हजार रुपैयाँ, अभिनन्दनपत्र, शब्दयात्रा पट्ट र उपहार समर्पण गरिने जनाइएको छ । गिरीले पुरस्कार ग्रहण गर्न स्वीकृति दिएकोसमेत उल्लेख गरिएको छ ।

 

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  ०७:४८
प्रतिक्रिया दिनुहोस्