राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित

शुक्रबार, भदौ २२, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। बैठक अर्को सूचना जारी नभए सम्मका लागि स्थगित भएको हो ।   

अर्को बैठकको मिति र समय अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पछि निर्धारण गर्ने संसद सचिवालयले सूचना जारी गरी जनाएको छ । 

राष्ट्रिय सभामा अहिले जम्मा ३ वटा विद्येयकहरु मात्रै  रहेका छन् ।अध्यागमन विधेयक विधायन ब्यवस्थापन समितिमा दफावार छलफल गरी प्रतिवेदन पेश भैसकेको छ । 

गृहमन्त्री नारायणकाजी श्रेष्ठले अध्ययनका लागि समय मागेको र अध्ययन  गरेर खबर नगरेका कारण पारित गर्न मात्रै बाँकी छ भने विद्युतीय कारोबार सम्बन्धी विधेयक र राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक समितिमा दफावार छलफलमा रहेका छन् । 

राष्ट्रिय सभाबाट प्रतिनिधि सभामा गएका ८ वटा विधेयक फिर्ता आएका छैनन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  १६:०६
प्रतिक्रिया दिनुहोस्