सहमहामन्त्री यादवमाथि भएको खुकुरी आक्रमणको बाँके कांग्रेसद्वारा निन्दा

बिहीबार, भदौ २१, २०८०
Neuro hospital Nepalgunj

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले पार्टीका केन्द्रिय सहमहामन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक आक्रमणको घोर भत्र्सना र निन्दा गरेको छ ।

उसले यो जघन्य घटनालाई गम्भीरतापूर्वक लिएको बताएको छ । 

सभापति नारायणप्रसाद गौडेलले आज एक प्रेस विज्ञप्ती निकालेर यादवमाथि आक्रमण गर्ने व्यक्तिको पहिचान भएर पक्राउ पनि परिसकेको अवस्थामा निजमाथि कडा कारवाहीको माग गरेका छन् ।

रिपोर्टर्स क्लबको कार्यक्रममा आफना धारणा राखेर बाहिर निस्कने क्रममा भएको घटनाले अभिब्यक्ति स्वतन्त्रता र शान्ति सुरक्षाको अवस्थाबारे पनि गम्भीर प्रश्न उब्जेको उल्लेख गर्दै गौडेलले घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कडा कारबाही गर्न सरकारसंग माग गरेका छन् । 

नेपाली कांग्रेस बाँकेले सहमहामन्त्री यादवको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १९:५८
प्रतिक्रिया दिनुहोस्