आजको प्रतिनिधि सभामा ४ जना मन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर

बिहीबार, भदौ २१, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । आज प्रतिनिधि सभा बस्दैछ। प्रतिनिधि सभा बैठक आज  दिउँसो १ बजे नयाँ बानेश्वरमा बस्दैछ। 

आज बस्न लागेको प्रतिनिधि सभामा सरकारका ४ जना मन्त्रीहरुसँग सांसदहरुले प्रश्नोत्तर गर्ने भएको     संसद सचिवालयले जनाएको छ। 

आज सांसदहरुले प्रतिनिधि सभामा अर्थ मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय सम्बन्धी सांसदहरुको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने तालिका रहेको  संसद सचिवालयले जानकारी दिएको छ ।

राष्ट्रिय महिला आयोगको १५ औं वार्षिक प्रतिवेदनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेस गर्ने कार्यसूची पनि रहेको सचिवालयले जनाएको छ।

 

 

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १०:२९
प्रतिक्रिया दिनुहोस्