जोर्डन जान लागेका १५ जनालाई अध्यागमन विभागले विमानस्थलबाटै फर्कायो

सोमबार, असार २५, २०८०

काठमाडौं । जोर्डन जान लागेका १५ जनाआइतबार राती  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागबाट रोकिएका छन्। 

उनीहरूको कागजात अध्ययन गर्दा केही शङ्कास्पद देखिएकाले अनुसन्धानका लागि रोकिएको अध्यागमन विभागले जनाएको छ । 

जोर्डन जान लागेकामा एक पुरुष र १४ जना महिला छन् । विभागका महानिर्देशक झलकराम अधिकारीले डकुमेन्टहरू शङ्कास्पद देखिएकाले उनीहरूलाई अध्यागमन विभागबाट खटिएका कर्मचारीले त्यसतर्फ जानबाट रोकेको जानकारी दिए । 

उनले भने, “उक्त विषयमा अध्ययन हुँदैछ, आज छलफलका लागि बोलाएका छौँ, व्यवसायीहरू पनि आउनुहोला, अनि उपयुक्त निर्णय हुनेछ ।” 

उनका अनुसार आधिकारिकरूपमा श्रम स्वीकृति नदेखिएको पाइएको छ । उनीहरूको श्रम स्वीकृति अनलाइनमा पनि नदेखिएको विभागको भनाइ छ ।

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  ०७:२७
प्रतिक्रिया दिनुहोस्