कांग्रेस नेता एवं काठमाडौं-१६ का वडाध्यक्ष रिजालको निधन

बिहीबार, भदौ २१, २०८०

काठमाडौं । काठमाडौं महानगरका वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ।

नेपाली कांग्रेसका नेतासमेत रहेका काठमाडौं-१६ का  वडाध्यक्ष रिजालको उपचारको क्रममा आज बिहान काठमाडौंको ग्रान्डी अस्पतालमा निधन भएको हो।

डेंगी संक्रमणबाट बिरामी परि उपचार गराइरहेका रिजालको आज बिहान साढे ६ बजे निधन भएको नेपाली कांग्रेसले जनाएको छ। 

नेता रिजाल नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ७ का सभापति समेत हुन्। काठमाडौं महानगरपालिकाले रिजालप्रति श्रद्धाञ्जली अर्पणका लागि ११ बजे राष्ट्रिय सभागृहमा कार्यक्रम राखेको छ।

 

 

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  ०८:५६
प्रतिक्रिया दिनुहोस्