आज पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

बुधबार, भदौ २०, २०८०

ललितपुर । श्रीकृष्ण जन्माष्टमीको अवसरमा आज बिहानैदेखि ललितपुरस्थित पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ ।

कृष्ण जन्माष्टमीमा पूजा आराधनाका लागि बिहानैदेखि कृष्ण मन्दिरमा भक्तजनको घुँइचो लागिरहेको छ।

हिन्दू परम्परा  अनुसार द्वापर युगमा भाद्र कृष्णअष्टमीलाई कृष्ण जन्माष्टमी पर्वका रुपमा मानिन्छ । भाद्र कृष्ण अष्टमीकै दिन भगवान् श्रीकृष्णको जन्म भएको विश्वासमा कृष्ण जन्माष्टमी पर्व मनाउने चलन छ । धर्मग्रन्थमा उल्लेख भएअनुसार नै आज पाटनको कृष्ण मन्दिरमा पूजा आराधना हुँदै छ । 

हरेक वर्ष जन्माष्टमीमा कृष्ण मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ । विगतका वर्षहरूमा भने कोरोनाका कारण मन्दिरमा घुइँचो कम थियो । पूजा अर्चनाका लागि मन्दिरको दक्षिण र उत्तरतर्फ भक्तजन लामबद्ध भएका छन्।

आज देशभरका कृष्ण मन्दिरमा भक्तजनहरुको घुइँचो लागिरहेको छ।

प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  १०:०२
प्रतिक्रिया दिनुहोस्