१३ निर्माण कम्पनी कालोसूचीमा [सूचीसहित]

मंगलबार, भदौ १९, २०८०

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले १३ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ।समयमै काम नसक्ने र मापदण्डअनुसार काम नगर्ने १३ वटा निर्माण कम्पनी कालोसूचीमा परेका हुन् ।   

सार्वजनिक खरिद अनुगमन कार्यालयले१३ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको आज एक सूचना जारी गर्दै जनाएको छ।  

३ निर्माण कम्पनीलाई ३ वर्ष, २ निर्माण कम्पनीलाई २ वर्ष, एउटालाई डेढ वर्ष र बाँकी ७ निर्माण कम्पनीलाई १  वर्षसम्मका लागि कालोसूचीमा राखिएको छ।

सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार कालोसूचीमा परेका निर्माण कम्पनीले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् । 

काठमाडौँको स्वयम्भू ठेगाना भएको चुलीडाँडा निर्माण सेवा, इपिक कम्प्युटर्स ट्रेडर्स, काठमाडौंकै मकर गणेश कन्स्ट्रक्सन, नेपालगन्जको श्री बाबा इन्फ्रा प्रोजेक्ट प्रालि,  कञ्चनपुर, शुक्लाफाँटा–१० ठेगाना भएको गणपति कन्स्ट्रक्सन लगायतका कालोसूचीमा परेका छन् । 

को-को परे कलोसूचीमा- 

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १२:२१
प्रतिक्रिया दिनुहोस्