कोशी सरकारविरुद्दको रिटमाथि आज पनि पूर्ण इजलासमा सुनुवाइ

मंगलबार, भदौ १९, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । कोशी सरकारविरुद्द परेको रिटमाथि सर्वोच्चको पूर्ण इजलासमा आज पनि सुनुवाइ हुँदैछ।

सोमवार पूर्ण इजलासमा सुनुवाइ शुरु गरिएको उक्त रिट निवेदनमाथि बहस जारी रहेकाले ‘हेर्दाहेर्दै’मा राखिएको थियो । 

सर्वोच्चका न्यायाधीशहरु सपना मल्ल प्रधान, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा कोशी सरकारविरुद्ध परेको सिटमाथि आजबाट निरन्तर सुनुवाइ गर्दैछन् ।

प्रदेश सभा बैठकको अध्यक्षता गरेका सदस्यले समेत मुख्यमन्त्रीलाई विश्वासको मत दिएको भन्दै एमालेले सत्तापक्षले संविधान विपरीत काम गरेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । 

 

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १०:१८
प्रतिक्रिया दिनुहोस्