एमाले लुम्बिनीको नयाँ नेतृत्व चुन्न बुटवलमा मतदान सुरु

मंगलबार, भदौ १९, २०८०
Neuro hospital Nepalgunj

रुपन्देही । नेकपा एमाले लुम्बिनी प्रदेशको नेतृत्व चुन्न आज  बजेदेखि मतदान प्रक्रिया सुरु भएको छ ।

नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य हरि रिजाल प्रतिस्पर्धामा छन् ।

लुम्बिनी प्रदेश एमाले नेतृत्वका लागि ४  दिनदेखि सर्वसम्मत  चयन गर्ने प्रयास असफल भएपछि आज  बिहान पौने ९ बजेदेखि मतदान सुरु भएको छ।

मतदान रुपन्देहीको बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सुरु भएको छ। दुबैले आ-आफ्नो समूह बनाएर चुनावी मैदानमा छन् ।

 

 

 

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  ०९:४९
प्रतिक्रिया दिनुहोस्