नेपाल र भारतबीचको खेल १०:३५ सम्म सुरु नभए स्थगित

सोमबार, भदौ १८, २०८०

काठमाडौं । एसिया कप क्रिकेट अन्तर्गत भारत र नेपालबीचको वर्षाले अवरुद्द बनेको खेल अझै  सुरु हुन सकेको छैन् । श्रीलंकाको पाल्लिकेले स्टेडियममा वर्षा भइरहेकाले खेल पुनः कतिबेला  सुरु हुने एकिन भन्न नसकिने अवस्था छ।

यस खेल नेपाली समय अनुसार १०ः३५ भित्र सुरु हुनुपर्ने छ। नेपाल र भारतबीचको खेल अब  २० ओभरको हुनेछ। यदि १०ः३५ बजेसम्म खेल सुरु हुन सकेन भने खेल स्थगित हुनेछ ।

नेपालबाट २३१ रनको टार्गेट पाएको भारतको वर्षाले खेल अवरुद्द हुनअघि २.  ओभरमा  १७ रनको अवस्थामा हुँदा सुभम गिलले १२ रन रोहित शर्माले ४ रन बनाएका थिए। खेल पुनः सुरु भएको छ।

यसअघि ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाएर २३० रन बनाएको थियो। नेपालका आशिफ शेखले सर्वाधिक ५८ , सोमपाल कामीले ४८ र कुशल भुर्तेलले ३८ रन बनाएका थिए।

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  २२:१३
प्रतिक्रिया दिनुहोस्